भक्तपुर — चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठका अनुसार घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी भएको उनले बताए ।