१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भुमहीमा बस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

नवीन पौडेल

नवलपरासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

भुमहीमा बस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते
नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । बस पल्टदा उनको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो भने उनकी अन्दाजी ६ वर्षीया छोरी सुप्रिया लम्साल गम्भिर घाइते भएकी छिन् ।

घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र उनीहरुको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको छ । सामान्य घाइतेको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको छ ।

प्रकाशित : असार २८, २०७५ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?