१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो

रासस

बनेपा — बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग सुचारु भएका छन् । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनुका साथै स-साना पहिरोका कारण अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो
यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुईजनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवैजना खोलामा काम गरिरहेको अवस्थामा एक्कासी खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो ।

प्रकाशित : असार २८, २०७५ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?