१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काठमाडौंमा भारी वर्षा, अझै तीन दिन देशभर झरी पर्ने अनुमान

रासस

काठमाडौँ — आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा भारी वर्षा, अझै तीन दिन देशभर झरी पर्ने अनुमान

महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो ।

आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ ।

असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।

मौसमविद् शान्ति काडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताउनुभयो ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो ।




बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ । आज ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : असार २८, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?