उपकुलपतिलाई नियन्त्रणमा लिनु मानवअधिकार विपरीत : आयोग

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई नियन्त्रणमा लिनु मानवअधिकारको मूल्य मान्यता विपरीत कार्य भएको जनाएको छ ।

उपकुलपतिलाई नियन्त्रणमा लिनु मानवअधिकार विपरीत : आयोग

आयोगले प्रेस विज्ञप्ति प्रकाशित गरि उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वलाई जिम्मेवार निकायबाट मान मर्यादा विपरीत नियन्त्रणमा लिएको घटनाप्रति ध्यानार्कषण भएको जनाएको हो ।


आयोगकी प्रवक्ता मोहना अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनालाई गम्भिर रुपमा लिएको उल्लेख छ । ‘विश्वविद्यालय जस्तो स्वायत्त निकायका उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वमाथि भएको यस्तो कार्यबाट व्यक्तिको सामाजिक प्रतिष्ठान र सम्मानको उल्लंघन हुने भएकाले यसप्रति गम्भिर हुन सम्बन्धित सरोकारवालालाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।


संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गर्दा गत असार २३ गते कोइरालालाई अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पूर्‍याएको थियो । प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई नियन्त्रणमा लिएर दुव्र्यवहार भएको भन्दै चौतर्फि विरोध भएको थियो । कोइरालाले उजुरी दिएपछि आयोगले बैठक बसेर विज्ञप्ति प्रकाशित गरेको हो । बालुवाटार पूर्‍याईएका उपकुलपतिलाई प्रधानमन्त्रीलाई भेट्न नदिइ नियन्त्रणमा राखेर घर फर्काइएको थियो ।

प्रकाशित : असार २८, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?