भक्तपुरको बाढीलाई पानी जहाजसँग तुलना गर्नु भक्तपुरबासीको पीडालाई ठट्टा गर्नु होः बस्नेत

'ठट्टा' गर्नेलाई कारबाही गर्न सरकारलाई सांसदको ध्यानाकर्षण
मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा बोल्दै सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

गएरातिदेखि परेको वर्षाले गएको बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए ।

Yamaha

भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले भक्तपुरमा भएको बाढीले डुबाएको क्षेत्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ओली सरकारले अघि सारेको पानी जहाजको योजनासँग तुलना गरेर मानवीय संवेदनामाथि खेलवाड गरेको आरोप लगाए । उनले सामाजिक सञ्जालमा बाढीले डुबाएको भक्तपुरको फोटो राखेर पानी जहाजसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय पीडामाथि ठट्टा गरेको बताए । उनले संसदको विशेष समयमा बोल्दै भने, 'यसरी सामाजिक सञ्जालमा डुबानमा परेको फोटो राखेर पानी जहाजलाई तुलना गर्नु भक्तपुबासीको पीडासँग खेलवाड गर्नु हो ।'

उनले प्रहरी र सरकारले साइबर अपराध अनुसार यसरी पीडालाई 'जोक्स' बनाएर उडाउनेहरुलाई कारबाही गर्न माग गरे । यसैबीच उनले समसयमै उद्दार गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिए । उनले भने, 'सरकारलाई धन्यवाद दिन चाहन्छु । राति ३ बजेदेखि उठेर सेना, प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।' उनले अझै उद्दार कार्य जारी राख्न आग्रह गरे । उनले पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले भने, 'बाढीले सुकुम्बासीको बस्ती बगाएको छ । भूकम्प पीडितले ज्यान गुमाएका छन् । कतिपय ठाउँमा पुल बगाउँदा आवागम ठप्प भएको छ । यतातिर सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।' बिहीबारको बाढीले नयाँ ठिमी र बालकोट जोड्ने फलामे पुल बगाएको छ ।

सांसद बस्नेतले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सके बाढी पीडितलाई सहयोग गर्न र नसके मानवीय संवेदनालाई हाँसिमजाक नगर्न आग्रह गरे ।

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पूर्व सावधानी नअपनाउँदा बढीको समस्या भोग्न परेको बताए । उनले भने, 'कुन ठाउँमा घर बनाउने भन्ने सरकारी संयन्त्रले यकिन नगर्दा भक्तपुरको चाँगुनारायणमा पुरुवा माटोमाथि घर बनाउँदा तीन जनाले ज्यान गुमाए ।'

सुवालले देशका अन्य ठाउँमा पनि भारतकै कारण डुबान भइरहेको छ आरोप लगाए । 'यस विषयमा सरकारको ध्यान जाओस् । हामीलाई अहिले रेल र पानी जहाज चाहिएको छैन,' उनले भने, ' जनतालाई शुद्ध खाने पानी चाहिएको छ। जनताले उद्दार कार्य चाहेका छन् । सरकारले पूर्व सावधानी अपनाएर डुबान र पहिरोको सुरक्षा दिओस् । भक्तपुर डुबान हुनुमा नदीको अतिक्रमणले भएको हो ।'

गएरातिदेखिको अविरल वर्षाले बिहीबार भक्तपुरको राधेराधे क्षेत्र लगायत विभिन्न ठाउँमा बाढी पसेको थियो ।

प्रकाशित : असार २८, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

उपकुलपतिलाई नियन्त्रणमा लिनु मानवअधिकार विपरीत : आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई नियन्त्रणमा लिनु मानवअधिकारको मूल्य मान्यता विपरीत कार्य भएको जनाएको छ ।

आयोगले प्रेस विज्ञप्ति प्रकाशित गरि उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वलाई जिम्मेवार निकायबाट मान मर्यादा विपरीत नियन्त्रणमा लिएको घटनाप्रति ध्यानार्कषण भएको जनाएको हो।

आयोगकी प्रवक्ता मोहना अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनालाई गम्भिर रुपमा लिएको उल्लेख छ। ‘विश्वविद्यालय जस्तो स्वायत्त निकायका उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वमाथि भएको यस्तो कार्यबाट व्यक्तिको सामाजिक प्रतिष्ठान र सम्मानको उल्लंघन हुने भएकाले यसप्रति गम्भिर हुन सम्बन्धित सरोकारवालालाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।

संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गर्दा गत असार २३ गते कोइरालालाई अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पूर्‍याएको थियो। प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई नियन्त्रणमा लिएर दुव्र्यवहार भएको भन्दै चौतर्फि विरोध भएको थियो। कोइरालाले उजुरी दिएपछि आयोगले बैठक बसेर विज्ञप्ति प्रकाशित गरेको हो। बालुवाटार पूर्‍याईएका उपकुलपतिलाई प्रधानमन्त्रीलाई भेट्न नदिइ नियन्त्रणमा राखेर घर फर्काइएको थियो।

प्रकाशित : असार २८, २०७५ १४:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT