१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

काठमाडौँ — शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।


सर्वोच्च अदालतले मिश्रको निवेदनमा साउन २ र झाको निवेदनमा साउन ३ गते छलफलका लागि बोलाउने आदेश गर्दै त्यतिञ्जेलका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।


यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकको निर्णय : भदौ १४ पछिका सबै राजनीतिक नियुक्ति बदर

प्रकाशित : असार २८, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?