कूटनीतिमा किन चुक्यो नेपाल ?

कूटनीतिज्ञ भन्छन्, ‘थोरैमात्रै पहल भएको भए भारत आएका दक्षिण कोरियाली राष्ट्रपतिलाई नेपाल ल्याउन सकिन्थ्यो’
चन्द्रशेखर अधिकारी

काठमाडौँ — दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन छिमेकी भारतको राजकीय भ्रमण पूरा गरेर फर्केका छन् । उनको भारत भ्रमणलाई दक्षिण एसियासँग दक्षिण कोरियाको लगाव भन्ने कूटनीतिक अर्थ लगाइएको छ ।

कोरियन प्रायद्वीपको शान्ति र सहकार्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोन उनको सिंगापुर वार्तापछि भएको दक्षिणका राष्ट्रपतिको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

Yamaha


राष्ट्रपति मुन छिमेकमा आउँदा नेपाल भ्रमण पनि जुराउन सकिन्थ्यो तर त्यसतर्फ पहल नै भएन । सम्भवत: नेपाली कूटनीतिज्ञलाई उनी भारत आउँछन् भन्ने जानकारीसमेत ढिला मात्रै भयो ।

थोरै मात्रै प्रयास भएको भए दक्षिण कोरियाको राष्ट्रपति हुनुअघि नेपालको हिमाली क्षेत्र भ्रमण गरेका र भूकम्पपछि उद्धारमा सहयोगसमेत गरेका मुन नेपाल आउन सक्ने आकलन परराष्ट्र अधिकारीहरू नै गर्छन् । यस्तो विषयमा कूटनीति नजर नपरेको यो पहिलो पटक भने होइन । यसअघि पनि नेपालको परराष्ट्र मन्त्रालय यस्ता विषयमा चुक्दै आएको छ ।

पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले कोरियाका राष्ट्रपति पहिले पनि नेपाल भ्रमणमा आएको र नेपालप्रति विशेष लगावसमेत रहेकाले थोरै प्रयासमा पनि उनको भ्रमण हुन सक्ने बताउँछन् ।

‘अहिले म त्यति धेरै सम्पर्कमा त छैन तर दूतावासले केही पहल गरेको भए भ्रमण हुन सक्ने थियो ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

मन अशान्ति हुनेबित्तिकै नेपाल आउने र हिमालयन क्षेत्रमा पदयात्रा गर्ने गरेको बताइसकेका मुनले भारतको बाह्रखम्बा रोडस्थित नेपाली दूतावास अगाडिको मन्डी हाउस ट्रेन स्टेसनबाट नोयडासम्मको यात्रासमेत गरे । तर उनको नेपाल यात्राका लागि कसैले पहल गर्न सकेनन् ।

नेपाली दूतावास अगाडि रहेको मन्डी हाउसदेखि २६ मिनेट यात्रा गर्दै मुन नोयडाको बोटानिकल गार्डेन गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टवीटमा लेखेका थिए, ‘विश्वस्तरीय मेट्रो ट्रेनमा दक्षिण कोरियाली राष्ट्रपतिको साथ हामी नोयडा गएका छौं ।’

यसअघि जापानका विदेशमन्त्री पनि नेपाल आउन खोज्दाखोज्दै नेपाली पक्षकै कारण भ्रमण पर सरेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए । ‘उनी भुटान गए तर नेपाल आएनन्, जुलाईभित्र आउन नसके यो वर्ष नेपाल आउने सम्भावना रहँदैन भन्ने सूचना उनले दिइसकेका छन्,’ ती अधिकारीले भने ।

कोरियाली राष्ट्रपतिको हकमा पनि यस्तै सामान्य कूटनीतिमा ध्यान नदिँदा समस्या देखा परेको हो । हुन त छिमेकी भारतमा दक्षिण कोरियाको व्यापार ठूलो छ र त्यहाँ व्यापार बढाउन चाहेको कारण मुनले यात्रा गरेकोमा दुईमत छैन । तर, भारतमा चार दिन बिताउन आएका मुन दम्पतीलाई सरकारले थोरै मात्र प्रयास गरेको भए नेपाल ल्याउन सक्ने थियो ।

‘यसका लागि पूर्वसूचना र कूटनीतिक पहल नै मुख्य विषय थियो । त्यो हाम्रा कूटनीतिज्ञ र राजनीतिज्ञ दुवैले गरेनन् । आगामी दिनमा यस्ता विषय नेपाल चुक्न हुँदैन,’ ती अधिकारीले भने । यस्ता विषयमा नेपालमा कुनै पहल र छलफल हुँदैन, न कूटनीतिज्ञले चासो राख्छन् न त राजनीतिज्ञले ।

मुनको दिल्ली यात्रा व्यापार वृद्धि र शान्तिको विषयमा केन्द्रित थियो । उनले बुधबार नै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता, सँगै गान्धीको समाधिमा पुगेर शान्तिको घण्ट बजाउनेदेखि, ट्रेन यात्रा र नोयडामा सामसुङ कम्पनीको उद्घाटनसमेत गरे ।

भारतीयले यो यात्राले भारत र दक्षिण कोरियाबीच व्यापारमा नयाँ आयाम खोलेको व्याख्या गरे तर नेपाली कूटनीतिज्ञ त्यही पढेर रमाइरहे ।

प्रकाशित : असार २८, २०७५ २०:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुन्दुम पदमार्गको नक्सा सार्वजनिक

विद्या राई

काठमाडौँ — पूर्वी पहाडको पर्यटन प्रवर्द्धन तथा विकासमा नयाँ उचाइ थपिएको छ – मुन्दुम पदमार्ग । उक्त पदर्माग पर्यटकीय सम्भावना बोकेको भोजपुर र खोटाङ जिल्लाको टेम्केडाँडा देखि हाँसपोखरी–मैयुङहुदै साल्पा–सिलिचुङसम्म पुग्छ । 

बिहीबार नेपाल पर्यटन बोर्डको कार्यालयमा पदमार्गको औपचारिक विमोचन गरिएको छ। भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले पदमार्गको म्याप सार्वजानिक गर्दै विमोचन गरे।

टेम्केमैयुङ–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन समिति र हिमालय म्याप हाउसले तयार पारेको पदमार्गको ट्रेकिङ एजेन्सी (टान), नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा सार्वजानिक गरिएको थियो। पदमार्ग र पदमार्गका दृश्य, त्यहाँबाट अवलोकन गर्न सकिने दृश्यहरु, स्थानीय उत्पादन, संस्कार, संस्कृति समेटिएको वृत्तचित्र र तस्बिरहरुको प्रदर्शन गरिएको थियो। यसैगरी ‘गाइडम्याप’ वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै सांसद राईले पदर्मागको प्रवर्द्धनका लागि आर्थिक सहयोगका लागि सरकारसंग माग राख्ने बताए। पदमार्ग ल्याउने समितिको सह्रयानीय कार्य बताउदै पदमार्गको सफल सञ्चालनका लागि देश विदेशमा प्रचारप्रसार संगै स्थानीय तहमा चेतना अभिवृद्धि गर्नुपर्ने बताए। ‘विदेशी ल्याउन सक्नुले मात्रै पर्यटनको विकास हुन सक्दैन, आन्तरिक तथा स्थानीय प्रवद्र्धनमा जोड दिनुपर्छ,’ उनले भने।

प्रवद्र्धन समितिले गएको पुस महिनामा १३ दिनको प्याकेज बनाएर भोजपुर पुगी स्थलगत अध्ययन गरेको थियो। ‘हामीले पदमार्ग पहिचान गर्ने, म्यापिङ, मार्किङ गर्ने पानीका स्रोत, आवास, होटल, सुरक्षालगायतको अध्ययन गरेका थियौ,’ समितिका अध्यक्ष रमेश राईले भने, ‘त्यही अध्ययन अनुसार गाइडलाइन तयार गरेर पर्यटन व्यवसायी र पर्यटकहरुमाझ सार्वजानिक गरेका छौं।’
पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ पदमार्गबारे वेभसाइट पनि आइसकेको उनले बताए। किरात राई समुदायको बाहुल्य रहेको भोजपुर र खोटाङका राई समुदायको संस्कार तथा संस्कृति, भेषभुषा, खानाको प्रवर्द्धन र प्रचारप्रसारलाई पदमार्गमा जोडिएको छ।

पदमार्गमा अवलोकन गर्न सकिने जैविक विविधता र हिमशृङखलाहरुलाई मुख्य आकर्षणका रुपमा लिइएको छ। पदमार्ग टेम्केबाटै सुरु हुन्छ। यसको उचाइ समुन्द्री सतहदेखि दुई हजार नौ सय ९५ मिटर छ। हाँसपोखरी–मैयुङक्षेत्र ३ हजार ३ सय ३३ मिटर उचाइमा पर्छ भने साल्पासिलिचुङ क्षेत्र चार हजार दुई सय मिटर उचाइमा पर्छन्।

१८ वर्षदेखि पर्यटक पथप्रदर्शकको काम गर्दै आएका इन्सु राईका अनुसार आठ हजार मिटर माथिका मकालु, ल्होत्से, कञ्चनजंघा, सगरमाथा, ल्होत्सेसार र चोयु गरी ६ वटा हिमालहरु हेर्न सकिन्छ। यसैगरी दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, कर्रियालुङ, क्वाङ्दे, टेंगिरे गिटौ, पिकफेर गोसार, चोयु, एकलखे, कुसुम कंगारु, थामसेर्कु, खाङतेगा, क्यासेर हिमाल अर्थात चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्से सार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, जन्नु लगायत दुईदर्जन बढि हिमशृङखलाहरुको दृश्यवलोकन गर्न सकिन्छ।
हिमाल नचढ्ने तर सकेसम्म नजिकै र एकैठाउाबाट हेर्न चाहने विदेशी पर्यटकका लागि पदमार्ग उत्कृष्ट गन्तव्य भित्र पर्छ। पर्यटन प्रवद्र्धन गर्न सके अन्नपुर्णक्षेत्रको दृश्यवालोकन गर्न सकिने ‘पुनहिल भ्युपोइन्ट’को विकल्प हुनसक्ने उनले बताए। यहाबाट तिब्बत, भारतका दार्जीलिङ्ग, कालेपोङ्ग, सिलिगुढी शहरहरु, भुटान, पुर्वी नेपालका १६ वटै जिल्लाहरु प्रष्ट देख्न सकिन्छ। मौसम खुल्ला भएको बेला सुर्योदय, सुर्यास्त, हिमशृङखलाहरु, डााडाकाडााहरु प्रष्ट देखिन्छन्।

पुर्वको कञ्चनजंघा रेन्जदेखि पश्चिमका रेन्जहरु एक सय ८० डिग्रिको रेन्जमा हेर्न सकिन्छन्। र यस्ता डााडाहरु विरलै मात्र पाइन्छन्। पछिल्लो सयम ‘टप टेन’ भित्र पर्ने नेपालका पर्यटकिय गन्तव्यहरु भौतिक संरचना विस्तार तथा निक्कै पुराना भैसकेकाले विदेशीहरुले आफ्ना यात्राहरु छोट्याइरहेका छन्। मुन्दुम पदमार्ग ‘फ्रेस भ्यु पोइन्ट’का रुपमा सम्भावना बोकेको छ।

देशभर झण्डै ३ सय बढि ट्रेकिङ एजेन्सी तथा १८ हजारबढी पर्यटक पथप्रदर्शक छन्। पर्यटनमा सरोकारवाला सबै व्यक्तितथा क्षेत्रहरुसंग समन्वय तथा सहकार्य गरी विदेशी पर्यटक भित्राउने तथा स्थानीय स्तरमा अर्थतन्त्र मजबुत पार्ने मुख्य लक्ष्य रहेको समितिका सचिव श्याम सामसोङ बताउछन्। ‘चारवटै सिजनमा पदमार्गमा घुमफिर गर्न सकिन्छ, सिजनअनुसारको दृश्यावलोकन तथा स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ, प्रचुर आनन्द लिन सकिन्छ,’ उनले भने। भोजपुरमा तोङ्बा, लाङ्सा र लोकल कुखुराको तिते खानेकुरामा बिशेष मेनु मानिन्छन्। बढि अर्डर हुने र बिक्रि हुने खानेकुरा भित्र पर्ने होटल व्यवसायी बताउछन्।

मुन्दुम पदमार्ग नै किन?
खोटाङ र भोजपुरलाई राणाकालमा क्रमश: पुर्व ३ र ४ नं क्षेत्र भनेर चिनिथ्यो। जहाा ५० प्रतिशत बढि किरात राई समुदायको बसोबास छ। डााडाकाडा, खोलानाला, प्राकृतिक तथा साास्कृतिक सम्पदाहरु उनीहरुका मिथकसंग जोडिएका हुनाले मुन्दुम पदमार्गका रुपमा ब्रान्डिङ गरिएको अध्यक्ष राइ बताउछन्। मुन्दुमलाई किरातहरुको अलिखित धार्मिक ग्रन्थ मानिन्छ। उहिले पुर्खाकालदेृखि नै टेम्केदेखि, मैयुङ हुदै साल्पासिलिचुङलाई पुकार्दै आएको र अहिले पनि उहि मान्यता किरात राइ समुदायमा जिवन्त रहेकाले मुन्दुम पदमार्ग नामाकरण गरिएको बताए।

टेम्केडााडा–मेरुङ–धोद्रे–जलजले–मातिमडााडा–हाासपोखरी–मैयुङडााडा–सातदोबाटो–ह्याकुलेडााडा–लौरेडााडा–चिलिमधाप–माने–साल्पापोखरी हुदै सिलिचुङसम्मको रुटलाई मुन्दुम पदमार्ग भनिएको छ। यस रुटका लागि तत्काल तीन वटा नाकाहरु सार्वजानिक गरिएका छन्। तीनलाई इन्टरनेटको पहुाचमा राखिएको छ। काठमाडौ हुदै जानेका लागि खोटाङको हलेसी–दिक्तेल–चखेवा–टेम्के–मैयुङ हुदै सिलिचुङमा टुगिन्छ। काठमाडौदेखि चखेवासम्मको दुरी करिब दुईसय किलोमिटर पर्छ। पदमार्गको अवलोकन पछि पर्यटकले चारवटा विकल्प रोज्न सक्छन्।

पहिलो एडमण्ड हिलारी पदमार्ग हुदै सगरमाथा बेसक्याम्प जाने, दोस्रो मकालु बेसक्याम्प जाने, तेस्रो अरुण भ्याली ट्रेक जाने र चौथो मैयुङ–बागखोर–सुन्तले हुदै भोजपुर सदरमुकाम फर्कने। अर्का दुईवटा नाका सदरमुकाम र उत्तरी षडानन्द नगरपालिकाको दिंलाबजार हुदै सुरु हुन्छन्। उत्तरी भेगमा छिमेकी संखुवासभाको तुम्लिङटार हुदै आउने पर्यटकका लागि तथा भोजपुर सदरमुकाम टक्सार विमानस्थल र धरान–धनकुटा हुदै बसगाडीबाट आउने पर्यटकका लागि।

प्रकाशित : असार २८, २०७५ १९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT