कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अनशनको ‘डेड लक’ अन्त्य गर्न आग्रह

काठमाडौँ — नेपाल चिकित्सक संघका प्रतिनिधिले नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन्न पार्टीका शीर्ष नेतासँग भेटेर डा. गोविन्द केसीको आमरण अनशनमा देखिएको ‘डेड लक’ अन्त्य गर्न आग्रह गरेका छन् ।

अनशनको ‘डेड लक’ अन्त्य गर्न आग्रह

‘हामीले दाहाललाई हाल देखिएको डेड लकको स्थिति अन्त्य गर्न आग्रह गरेका छौं,’ चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने ।


उनका अनुसार दाहालले चिकित्सक संघको टोलीकै अगाडि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई फोन गरेर चाँडै निकास निकाल्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीसँग पनि कुरा गरेर निकास निकाल्ने प्रतिबद्घता उहाँले जनाउनुभएको छ,’ डा. कार्कीले भने ।


संघको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहसँग पनि डा. केसीको आन्दोलन र मागबारे छलफल गरेको थियो । ‘देउवाले आज (बिहीबार) विधेयक आउने कुरा छ तर हामीले डा. केसीसँग सल्लाह नगरी दर्ता नगर्न सभामुखलाई भनेका छौं भन्नुभयो,’ कार्कीले भने ।


उनका अनुसार कांग्रेस शीर्ष नेताहरूले वर्तमान घटनाक्रमप्रति संवेदनशील रहेको जनाउँदै निकासका लागि पहल गर्ने बताएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा तथा रवीन्द्र मिश्रले पनि चिकित्सक टोलीसँग डा. केसीका माग पूरा गराउन सक्रिय रूपमा लागिरहेको बताएका थिए ।

प्रकाशित : असार २८, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?