कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सिन्धुपाल्चोकमा जिप दुर्घटना, ३ को मृत्यु, ८ जना घाइते

अनिश तिवारी

काठमाडौँ — सिन्धुपाल्चोकमा बिहीबार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।पाँचपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङतर्फ गइरहेको लु १ ख १९९ नम्बरको जिप राति करिब सवा ८ बजे छाप फ्याफुल्ला डाँडामा दुर्घटनामा परेको हो ।

सिन्धुपाल्चोकमा जिप दुर्घटना, ३ को मृत्यु, ८ जना घाइते

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) मोहनप्रसाद पोखरेलले उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।


घाइतेको उद्धारका लागि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खटिरहेका छन् । तर, पानी परिरहेको र दुर्घटना रातिको समय भएकोले उद्धारमा कठिनाई भएको एसपी पोखरेलले जनाए ।

प्रकाशित : असार २८, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?