पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रासस

रत्ननगर, चितवन — चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । 

पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध

गाैतमका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् ।


सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौं पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।


नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ ।


उक्त क्षेत्रमा सडक एकतर्फ बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

प्रकाशित : असार २९, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?