१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सकले माइतीघरमा अाेपीडी सञ्चालन गर्ने

अतुल मिश्र

काठमाडौँ — जुम्लामा अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले माइतीघर मण्डलामा बहिरंग (ओपीडी) सेवा संचालन गर्न लागेको छ ।

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सकले माइतीघरमा अाेपीडी सञ्चालन गर्ने

अनशनरत डा. केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले शुक्रबार माइतीघरमा सांकेतिक विरोध स्वरुप ओपीडी सेवा संचालन गर्ने तयारी गरेको हो ।

एनआरडीएका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा.केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु बिरोधमा उत्रनुपरेको बताए ।


प्रकाशित : असार २९, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?