कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ठगी आरोपमा ओडीसीका सञ्चालक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — ओडीसी ईन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । भारतीय नायक सलमान खानको उपस्थितिमा कन्सर्ट गर्ने भन्दै टिकट बिक्री गरेर कार्यक्रम नगरेको आरोप उनलाई लागेको छ ।

ठगी आरोपमा ओडीसीका सञ्चालक पक्राउ

महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार सिमान्तले ठगेको भन्दै दुई जनाले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो । सिमान्तले कति टिकट बेचेका थिए र त्यसबाट कति रुपैयाँ ठगी भएको थियो भन्ने खुलेको छैन ।


तीन वर्षअघि पनि ओडीसी ईन्टरटेनमेन्टले डिप पर्पल नामक कन्सर्ट गर्ने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित : असार २९, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?