कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुंगियो, [हेर्नुहोस्, प्रदेशगत विवरण]

रासस

काठमाडौँ — सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुंगियो, [हेर्नुहोस्, प्रदेशगत विवरण]

उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो । संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।


प्रदेश १ मा

२ हजार ८०८


प्रदेश २ मा

२ हजार ३४३


प्रदेश ३ मा

२ हजार ६७३


गण्डकी प्रदेशमा

२ हजार २४७


प्रदेश ५ मा

२ हजार ५९७


कर्णाली प्रदेशमा

१ हजार ८४२


प्रदेश ७ मा

२ हजार ६० कर्मचारीको दरबन्दी रहने छ ।


प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ । उनले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दी अझै टुङ्गिएको छैन् । अहिले करिब एक लाख १७ हजार दरबन्दीमा करिब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन् ।

प्रकाशित : असार २९, २०७५ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?