२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डा. केसी पटक–पटक अचेत

काठमाडौँ — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार केसी पटक–पटक अचेत हुने अवस्थामा पुगेका छन् । बिहीबार रातिदेखि स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

डा. केसी पटक–पटक अचेत

‘शरीरमा अक्सिजनका साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ केसी बिहीबार राति दुईपटक अचेत भएको अस्पतालले जनाएको छ ।

डा. केसीले स्वास्थ्य जाँच गराउन पनि अस्वीकार गरेका छन् । औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बित्दा पनि सरकारले चासो नदेखाएकोमा उनी आक्रोशित छन् । केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरे । ‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’ सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ ।

प्रकाशित : असार ३०, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?