कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी (विज्ञप्तीसहित)

सुदीप कैनी

काठमाडौँ — सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । 

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी (विज्ञप्तीसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार राति विज्ञप्ती प्रकाशित गरी स्वास्थ्य संस्थाको सेवाप्रवाह नरोक्न आग्रह गरेको हो । सेवाप्रवाह रोकिएमा अत्यावश्यक सेवा सम्बन्धि कानुन, विश्वविद्यालयको कानुन र चिकित्साकर्मीको आचारसंहिता बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तीमा बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको अवस्थामा स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा निरन्तरता दिन अपिल गरिएको छ ।


संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकार केसीको जीवनरक्षा र माग पुरा गर्न संवेदनशील नभए आकस्मिक बाहेक अस्पतालहरुको सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । लगत्तै सरकारले विज्ञप्ति प्रकाशित गरि स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

सरकार र मन्त्रालय प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको विज्ञप्तीमा उल्लेख छ । केसीलाई काठमाडौं आएर उपचार गराउन आग्रह गरिएको छ । साथसाथै चिकित्सा शिक्षामा गरिने सुधारका काममा सरकारलाई सहयोग गर्न मन्त्रालयले आव्हान गरेको छ ।

‘डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गरी जीवन रक्षा गर्न आवश्यक वातावरण सिर्जना गरी सहयोग गर्न चिकित्सक संघ लगायत सरोकारवाहरुलाई अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट छलफल भएर पारित हुने चरणमा रहेकाले अनशन जरुरी नरहेको मन्त्रालयले जनाएको छ । विधेयकको अन्तरविषयवस्तुमा छलफल र संवाद गरी आएका सहमतिकालाई संसदीय प्रक्रियाबाट निचोडमा पुर्‍याउन सरकार तत्पर रहेको जनाइएको छ ।

शिक्षा मन्त्रालयको प्रेस विज्ञप्ती :

प्रकाशित : असार ३१, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?