२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शिक्षामन्त्रीले आजै ‘चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा पेश गर्ने कार्यसूची

मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसदको आइतबार १ बजे बस्ने बैठकमा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने कार्यसूची रहेको छ ।

शिक्षामन्त्रीले आजै ‘चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा पेश गर्ने कार्यसूची

शिक्षामन्त्रीद्वारा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा प्रस्तुत गर्नु अघि उक्त विधेयक प्रस्तुत गर्न संसदमा अनुमति माग गरिएको प्रस्ताव विरुद्ध नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गराएको विरोधको सूचना निणर्याथ प्रस्तुत हुने छ । यस्तै सरकारको सोही प्रस्तावको विरुद्धमा नेमकिपाका सांसद प्रेम सुवालले पनि विरोधको सूचना दर्ता गराएका छन् । त्यसलाई पनि आजकै संसदमा निणर्याथ प्रस्तुत गरिने छ ।


त्यसपछि मात्रै शिक्षामन्त्रीले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
यस्तै आजको बैठकको सुरुमा भने नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसाको विषयलाई लिएर संकल्प प्रस्ताव पेश गर्ने भएकी छिन् । संसदको कार्यसूची अनुसार सांसद पाण्डेले पेश गरेको प्रस्ताव आजै निणयार्थ प्रस्तुत समेत गरिने छ ।


नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै महिलामाथि हुने जघन्य अपराध र सबैप्रकारका विभेदलाई अन्त्य गर्न विभिन्न सन्धी र महासन्धीहरुमा हस्ताक्षर गरेकोले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न संकल्पको प्रस्ताव ल्याउन लागिएको हो । महिला हिंसाको अन्त्य गर्न र समाजमा रहेका महिला विरोधी कुरितीहरु हटाउनका लागि विद्यालयको पाठ्यक्रममा पनि यसलाई राख्न संकल्प प्रस्तावले सरकारलाई निर्देशन दिने छ ।

प्रकाशित : असार ३१, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?