३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहाडी जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

रासस

काठमाडौँ — निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । 

पहाडी जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो । आइतबार विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेको छ । कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ ।


सोमबार कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।


मंगरबार र बुधबार पनि कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई लगायतमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।


आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आइतबार ९आज०, सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।


पश्चिममा भारी वर्षाको सम्भावना


देशका विभिन्न भेगमा अझै तीन दिनसम्म हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आगामी तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी गर्दै पश्चिमी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । आइतबार दिउँसो देशभर बदली रही हल्कादेखि मध्यम खालको वर्षा र रातिको समयमा पनि बदली र वर्षाहुनेछ ।


पूर्वका पहाडी भेगका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी लुम्लेमा २३१ र जिरीमा ८५ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ४०, ताप्लेजुङमा २६, डडेल्धुरामा २५ र काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।


आइतबार काठमाडौँको अधिकतम तापक्रम ३१ र न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।


प्रकाशित : असार ३१, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?