कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धनगढीबाट अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्षभित्रै धनगढी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सक्ने गरी विमानस्थलको स्तरोन्नति गर्ने तयारी भइरहेको बताएका छन् । 

धनगढीबाट अन्तर्राष्ट्रिय उडान हुने

मन्त्री अधिकारीले धनगढी विमानस्थलबाट छिमेकी राष्ट्रसँग सीधै जोड्न सक्ने गरी हवाई सेवा विस्तार गरिन लागेको बताएका हुन् । ‘अहिलेको अवस्थामा स्तरोन्नतिपछि भारतका विभिन्न सहरमा धनगढीबाट सीधै उडान हुन सक्नेछ,’ उनले भने, ‘रन–वे २ हजार ४ सय मिटर लम्बाइको बनाउँदै छौँ । अन्य आवश्यक अत्याधुनिक उपकरणसमेत जडान गर्दै छौँ ।’


प्रदेश ७ मा पर्यटन विकासका सन्दर्भमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले धनगढी विमानस्थलको स्तरोन्नति संघीय सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

‘एक साताभित्रै मुआब्जाको सबै काम पूरा गर्न निर्देशन गरेको छु,’ मन्त्री अधिकारीले भने, ‘धनगढी विमानस्थलबाट सीधै दिल्लीलगायतका स्थानमा हवाई उडान गर्ने गरी विस्तार गर्न लागेका छौं ।’


रात्रिकालीन उडान हुन सक्ने व्यवस्था भइसकेको जानकारी गराउँदै मन्त्री अधिकारीले विमानस्थललाई थप प्रविधियुक्त बनाउन थालिएको जनाए ।

त्रिभुवन विमानस्थलपछिको ठूलो धनगढी विमानस्थलको धावनमार्ग १ हजार ८ सय मिटरबाट बढाएर २ हजार ४ सय मिटर लम्बाइको बनाउने योजना रहेको छ । महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगरबाट अन्तर्राष्ट्रिय हवाई रुट प्राप्त भएकाले थप सहज हुने मन्त्रीले बताए ।

प्रकाशित : असार ३१, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?