अम्बर पत्नी रहिनन्
काठमाडौँ — संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको छ ।
२ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको थियो ।
झण्डै ४५ वर्षअघि अम्बरसागै दार्जीलिङबाट नेपाल आएकी बीना अपठित भएपनि अम्बर–संगीतको मिहिन रुपमा समीक्षा गर्ने सामथ्र्य राख्थिन् । ‘मेरी श्रीमती नै मेरो जीवन र संगीतको लगाम हो’,संगीतज्ञ अम्बर गुरुङले कतिपय अन्तर्वातामा भन्ने गरेका थिए ।
श्रीमती बिना बूढानिलकण्ठस्थित एक भाडाघरमा छोरीका साथमा बस्दै आएकी थिइन् । श्रीमती गुरुङको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । बीनाका ३ छोरा र एक छोरी छन् ।
प्रकाशित : असार ३१, २०७५ २०:५२प्रतिक्रिया