१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डा. केसीको घाँटीमा संक्रमण

जुम्ला — १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

डा. केसीको घाँटीमा संक्रमण

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशनस्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘शनिबारदेखि मुटुको गतिमा असामान्य परिवर्तन देखिएका कारण उपचारमा संलग्न चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखेका छौं,’ उनले भने, ‘इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ तर डा. केसीले अडान नछाडेकाले समस्या भएको छ ।’

डा. केसीको घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ । आफू अनशनमा रहेका कारण कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने अडान उनले लिएका छन् । उनले शनिबारदेखि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

प्रकाशित : असार ३२, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?