कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले अवरोध गरेसँगै सोमबार दिउँसो १ बजे सुरु भएको संघीय संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने भएसँगै कांग्रेसका सांसदले त्यसको विरोध गरेका हुन् ।

बैठकको प्रारम्भ भएसँगै सभामुखसँग विशेष समय माग गरेरे बोल्दै कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले सरकारले माथेमा प्रतिवेदनकै आधारमा विधेयक ल्याउन माग गरेका थिए । यस्तै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर उनको जीवनरक्षा गर्न पनि सरकारसँग माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसदलाई पटकपटक आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । यस्तै कांग्रेसका सांसदहरु उभिएकै समयमा सभामुखसँग समय लिएर बोलेका नेकपाका सांसद कृष्णभक्त पोखरेल तथा खगराज अधिकारीले कांग्रेसको रवैया संसदीय मान्यता विपरित रहेको बताएका थिए । उनीहरुले कांग्रेसका सांसद उभिँदैमा संसद बैठक स्थगित नगर्न माग गरेका थिए ।

प्रकाशित : असार ३२, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?