विरोध प्रर्दशनमा उत्रिएका २५ पक्राउ

जनकराज सापकाेटा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सरकारको स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध प्रर्दशनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका छन् । 

प्रकाशित : असार ३२, २०७५ १४:११

संसद भवन बानेश्वर अगाडि प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कृष्ण कँडेल, गीता तिमल्सेना, टंक गैरे लगायतका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

Citizen

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले अवरोध गरेसँगै सोमबार दिउँसो १ बजे सुरु भएको संघीय संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने भएसँगै कांग्रेसका सांसदले त्यसको विरोध गरेका हुन्।

बैठकको प्रारम्भ भएसँगै सभामुखसँग विशेष समय माग गरेरे बोल्दै कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले सरकारले माथेमा प्रतिवेदनकै आधारमा विधेयक ल्याउन माग गरेका थिए। यस्तै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर उनको जीवनरक्षा गर्न पनि सरकारसँग माग गरेका थिए।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसदलाई पटकपटक आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। यस्तै कांग्रेसका सांसदहरु उभिएकै समयमा सभामुखसँग समय लिएर बोलेका नेकपाका सांसद कृष्णभक्त पोखरेल तथा खगराज अधिकारीले कांग्रेसको रवैया संसदीय मान्यता विपरित रहेको बताएका थिए। उनीहरुले कांग्रेसका सांसद उभिँदैमा संसद बैठक स्थगित नगर्न माग गरेका थिए।

प्रकाशित : असार ३२, २०७५ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT