३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डा. केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन

काठमाडौँ — सरकारले १७ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । डा.केसी ७ बुँदे माग राखी जुम्लामा अनशनरत छन् । 

डा. केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए ।


‘वार्ता टोलीले डा.केसीका मागबारे बुझेर कसरी सम्बोधन गर्न सकिन्छ लगायतका विषयमा जानकारी दिनेछ,’ कानुनमन्त्री तामाङले भने । टोलीले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनेछ ।


शिक्षा सचिव बरालले सोमबार साँझ नै डा.केसीका प्रतिनिधिसित वार्ताको पहल भइरहेको जानकारी दिए ।


यसैबीच चिकित्सक संघले ४८ घण्टाभित्र सरकारले डा.केसीका माग सम्बोधन नगरे देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।


संघले विज्ञप्ति जारी गरी आमरण अनशनको १७ औँ दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकाले कडा पाइला चाल्न बाध्य भएको जनाएको छ ।

प्रकाशित : असार ३२, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?