३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
समाचार

News

चिकित्सा शिक्षा विधेयक : के भन्छन् कार्यदल सदस्य ?

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यहरूले आफूले दिएको प्रतिवेदनको भावना र मर्मअनुसार कानुन बनाए अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमतिको विन्दु पहिलिने बताएका छन् । 

चिकित्सा शिक्षा विधेयक : के भन्छन् कार्यदल सदस्य ?

डा. केसी अनशन : औपचारिक वार्ता हुन सकेन

जुम्लामा १८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागका विषयमा मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागका विषयमा छलफल हुन नसकेको डा. केसीका प्रतिनिधिले बताएका छन् ।

डा. केसी अनशन : औपचारिक वार्ता हुन सकेन

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

राजदूत सिफारिस : ‘संवैधानिक व्यवस्थाको अपव्याख्या’

पूर्वसंवैधानिक पदाधिकारीलाई राजदूत नियुक्त गर्दा संविधानत: स्वार्थ बाझिने हुनाले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको राजदूतमा गरिएको सिफारिसमा पुनर्विचार गर्नुपर्ने सुझाव संवैधानिक मामिलाका जानकारहरूले दिएका छन् ।

राजदूत सिफारिस : ‘संवैधानिक व्यवस्थाको अपव्याख्या’

अफ्रिकामा अलपत्रमध्ये २ घर फर्किए

अमेरिका जान भनी घरबाट २२ महिनाअघि हिँडेका र अफ्रिकी मुलुक नाइजेरिया पुगेर अलपत्र बनेका २३ नेपालीमध्ये २ जना बुधबार नेपाल फर्कने भएका छन् । 

अफ्रिकामा अलपत्रमध्ये २ घर फर्किए

प्रधानमन्त्रीसँग अयोग्य पूर्वलडाकुको ७ बुँदे माग

अयोग्य पूर्वलडाकुहरुले स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह एकमुष्ठ आर्थिक प्याकेज दिनुपर्नेलगायत माग राखी प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

प्रधानमन्त्रीसँग अयोग्य पूर्वलडाकुको ७ बुँदे माग

दूतावास स्थापना दिवसको खर्च असहायलाई

इजरायलले आफ्नो स्थापनाको ७० वर्ष र मसाभ (इजरायली परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग निकाय) को स्थापनाको ६० वर्षको कार्यक्रममा लागि छुट्याएको रकम असहाय बालबालिकाको लागि उपयोग गरेको छ । 

दूतावास स्थापना दिवसको खर्च असहायलाई

चट्याङले लिन्छ वार्षिक २ सयको ज्यान

नेपालमा वार्षिक करिब २ सयको चट्याङका कारण मृत्यु हुने गरेको छ । गृह मन्त्रालयका अनुसार पूर्वी झापादेखि रूपन्देहीसम्मको क्षेत्र चट्याङ अति प्रभावित हो । 

चट्याङले लिन्छ वार्षिक २ सयको ज्यान

संगठित सुन तस्करी : अनुसन्धान समितिको म्याद सकियो

सनम शाक्यको हत्या र हराएको ३३ केजी सुनको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्याद सकिएको छ । चैत ३० मा मन्त्रिपरिषद्‍को निर्णयबाट गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय समितिको म्याद सोमबार रातिदेखि सकिएको हो ।

संगठित सुन तस्करी : अनुसन्धान समितिको म्याद सकियो

भूकम्पपीडितको पैसा सक्न ‘कचहरी’ नाटक

बेलाबखत जादु हेर्न भीडभाड हुने गोरखाको पुरानो बसपार्कमा सोमबार छुट्टै चहलपहल थियो । दर्शकले नि:शुल्क मनोरञ्जन लिइरहेका थिए । कलाकार पैसा पर्दैन नि:शुल्क नाटक हेर्नुस् भन्दै चिच्याउँदै थिए ।

भूकम्पपीडितको पैसा सक्न ‘कचहरी’ नाटक

कसैको दबाबमा सरकारले निर्णय गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सरकारविरुद्ध अफवाह फेलाइएको भन्दै प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

कसैको दबाबमा सरकारले निर्णय गर्दैन : प्रधानमन्त्री

द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित, मृतक लगायत द्वन्द्व पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ करोड ४७ लाख राहत वितरण गरेको छ ।

द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

बनारसमा बन्धक बनाइएका दुई महिला फर्किए

भारतको उत्तरप्रदेश राज्यको बनारसमा बन्धक बनाइएकी बर्दियाका दुई महिला मंगलबार विहान फर्केका छन् । मधुवन नगरपालिकाकी ३२ र २८ वर्षिया ती महिला भारतको रुपैडिहा हुँदै यहाँ आएका छन् ।

बनारसमा बन्धक बनाइएका दुई महिला फर्किए

नेकपाको महाधिवेशनमा भाग लिन अध्यक्ष पनि जित्नुपर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । 

नेकपाको महाधिवेशनमा भाग लिन अध्यक्ष पनि जित्नुपर्ने

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

नयाँ शक्ति पार्टी र नेविसंघले माइतीघर मण्डलामा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । नयाँ शक्ति पार्टीले मण्डलामा मात्रै प्रदर्शन गरेको थियो भने नेविसंघको झण्डासहितको जुलुस नयाँ बानेश्वर चाेक नजिकसम्म पुगेको थियो । दुवै प्रदर्शन सरकारले डा. गोविन्द केसीको अनशन प्रति देखाइरहेको रवैया निरंकुशतामाथि केन्द्रित थियो ।

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

धरान उपमाहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा मंगलबार निधन भएको छ । विगत एक सातादेखि 'सिभियर' निमोनिया भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेको सुब्बाको बिहान ११ बजे निधन भएको हो ।

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

विषालु च्याउ खाएर फेरी एकको मृत्यु, एक सातामा एकै वडाका तीनको ज्यान गयो 

बिषालु च्याउ खाएर घोराही उपमहानगरपालिका १९ पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्तीको मृत्यु भएको छ । सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीको उपचारका क्रममा मंगलबार विहान कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु च्याउ खाएर फेरी एकको मृत्यु, एक सातामा एकै वडाका तीनको ज्यान गयो 

एकै दिन बाँडियो एक करोड !

समाज कल्याण परिषद्ले आर्थिक वर्षको अन्तिममा ३३ वटा संघ/संस्थालाई हचुवामा एक करोड रुपैयाँ दिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं परिषद्की अध्यक्ष थममाया थापाको निर्देशन अनुसार आर्थिक वर्ष २०७४/७५ को ९९ लाख ७५ हजार रकम असार अन्तिममा बाँडिएको हो । रकम पाउनेमा धेरैजसाे मन्त्री थापा निकटका संस्था भएकाे स्राेतकाे दाबी छ । 

एकै दिन बाँडियो एक करोड !

डा. केसीका प्रतिनिधि भन्छन्, 'वार्ताको वातावरण नै बनेन, सरकार पेलेर जाने रणनीतिमा छ' 

जुम्लामा १८ दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच मंगलवार औपचारिक वार्ता हुन सकेको छैन ।

डा. केसीका प्रतिनिधि भन्छन्, 'वार्ताको वातावरण नै बनेन, सरकार पेलेर जाने रणनीतिमा छ' 

एक वर्षमा छब्बीस गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैंडा मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुँधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैंडा मरेका हुन् । 

एक वर्षमा छब्बीस गैंडा मरे

कोशीमा भन्दा नारायणीमा पहिले पानी जहाज : पर्यटन मन्त्री

पर्यटन मन्त्री रविन्द्र अधिकारीले कोशीमा भन्दा पहिला नारायणी नदीमा पानी जहाज चल्ने बताएका छन् । मंगलबार सौराहामा पर्यटकीय बस सेवा उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।

कोशीमा भन्दा नारायणीमा पहिले पानी जहाज : पर्यटन मन्त्री

सिसडोलमा फोहोरको डाँडो [फोटोफिचर]

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ । ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।

सिसडोलमा फोहोरको डाँडो [फोटोफिचर]

नक्कली अंशबण्डा गरी जग्गा बिक्री

सरकारले रोके पनि कारोबारीले चोर बाटोबाट धमाधम जग्गा प्लटिङ गरिरहेका छन् । उनीहरूले अंशबण्डाको नाममा जग्गा बिक्री गर्ने चोर बाटो समातेका हुन् । सरकारले अंशबण्डा र अति आवश्यकतामा मात्रै वर्षमा एकपटक एक कित्तासम्म खण्डीकरण गर्न सकिने नीति ल्याएपछि अंशबण्डा गर्न लगाएर प्लटिङ गराउन थालिएको छ ।

नक्कली अंशबण्डा गरी जग्गा बिक्री

जिलेटिन आयो, प्रयोग भएन

तिंकर सडकमा चट्टान फोड्न सेनाले विस्फोटक पदार्थ (जिलेटिन) ढुवानी गरे पनि प्रयोग नगर्दा निर्माण कार्य प्रभावित भएको छ । जिलेटिन पुगेको तीन साता भइसक्दा पनि प्रयोगमा नआउँदा सेनाको दुर्गादल गुल्ममै थन्किएको छ ।

जिलेटिन आयो, प्रयोग भएन

मापदण्डविपरीत क्रसर सञ्चालन

मापदण्ड पूरा नगरी अवैध ढंगले क्रसर उद्योग सञ्चालन गरिरहेका एक सञ्चालकले आइतबार आवश्यक कागजपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङको माई मनकामना क्रसर उद्योग सञ्चालकले कागजपत्र बुझाएका हुन् ।

मापदण्डविपरीत क्रसर सञ्चालन

३२ हजार कर्मचारीको जागिर धराप

करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् ।

३२ हजार कर्मचारीको जागिर धराप

कर्णालीमा आजदेखि ओपीडी सेवा बन्द

जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

कर्णालीमा आजदेखि ओपीडी सेवा बन्द