३२ हजार कर्मचारीको जागिर धराप

कान्तिपुर संवाददाता

काठमाडौँ — करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् ।

सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ ।

संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ । करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले हाजिर नगराए आन्दोलन गर्ने घोषणा गरेको छ ।

Yamaha

‘ज्यालादारी र करारका कर्मचारीलाई हाजिर गर्न नदिने निर्णयप्रति हाम्रो आपत्ति छ,’ संघका अध्यक्ष भूपाल रसाइलीले सोमबार कान्तिपुरसँग भने, ‘वर्षौंदेखि काम गरिरहेका हजारौं कर्मचारीलाई सेवामुक्त गर्न हुँदैन र उचित व्यवस्थापन हुनुपर्छ भन्ने पक्षमा हामी छौं ।’ उनीहरूले यसअघि नै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव र मन्त्रालयका अधिकारीको समेत ध्यानाकर्षण गराएका थिए ।

सामान्य प्रशासन मन्त्रालयले भने सम्बन्धित कार्यालयले नै नाम काटेर पठाएकाले थप्न नमिल्ने जिकिर गर्ने गरेको छ ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ ०७:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कर्णालीमा आजदेखि ओपीडी सेवा बन्द

कान्तिपुर संवाददाता

सुर्खेत — जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेको छ । ‘सरकारले डा. केसीका माग सम्बोधन गर्न बेवास्ता गरेको छ, विज्ञप्तिमा भनिएको छ, राजनीतिक पार्टीहरू माफियाको चंगुलमा फसेकाले डा. केसीको अनशनलाई राजनीतीकरण नगर्न अनुरोध छ ।’ चिकित्सक संघ सुर्खेतका अध्यक्ष नवराज केसीले प्रदेश राजधानी वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा पनि मंगलबारदेखि ओपीडी सेवा बन्द गर्ने बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT