कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोशीमा भन्दा नारायणीमा पहिले पानी जहाज : पर्यटन मन्त्री

रमेशकुमार पौडेल

चितवन — पर्यटन मन्त्री रविन्द्र अधिकारीले कोशीमा भन्दा पहिला नारायणी नदीमा पानी जहाज चल्ने बताएका छन् । मंगलबार सौराहामा पर्यटकीय बस सेवा उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।

कोशीमा भन्दा नारायणीमा पहिले पानी जहाज : पर्यटन मन्त्री

"मान्छेले गिज्याइ रहेका छन् । डुबान हुँदा पनि कागजको जहाज राखेर केपी ओलिको जहाज आयो भनेर उडाइ रहन्छन् । उडाउने साथीहरू उडाएरै बस्नुस कोशी र नारायणीमा अब जहाज चल्छ । अध्ययनले पुष्टि गरि सकेको छ ।"


नारायणीमा थप राम्रो र स्तरीय पुल बनाउने उनले बताए । सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना सरकारले बनाएको उल्लेख गर्दै यसबाट एक लाख युवाले रोजगारी पाउने उनले बताए । "त्यसैले दक्ष जनशक्ति चाहिन्छ । यसका लागि टुरिजम् एकेडेमी वा युनिभर्सीटी खोलौं भनेको मान्छेले यसलाई पनि उडाई राखेका छन्" मन्त्री अधिकारीले भने ।

प्रकाशित : श्रावण १, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?