डा. केसीका प्रतिनिधि भन्छन्, 'वार्ताको वातावरण नै बनेन, सरकार पेलेर जाने रणनीतिमा छ' 

अतुल मिश्र

काठमाडौँ — जुम्लामा १८ दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच मंगलवार औपचारिक वार्ता हुन सकेको छैन ।

सोमबार साँझ सरकारी वार्ता टोली बनेपछि उत्साही देखिएको डा. केसीका प्रतिनिधिहरुले सरकारी पक्ष पेलेर जाने रणनीतिमा रहेको आरोप लगाएका छन्।

Yamaha

मंगलबार बिहान ९ बजेदेखि नै दोस्रो चरणको वार्ता गर्ने भनेर जम्मा भएपनि दिउँसो १ बजेसम्म औपचारिक वार्ता सुरु नभएको उनीहरुको भनाई रहेको छ।

"आज विहान ९ बजेदेखि सरकारी पक्षसंग बस्दा समेत वार्ताको न्युनतम् वातावरणसमेत बन्न सकेन", छलफलमा संलग्न डा. अभिषेक राज सिंहले दिउँसो कान्तिपुरसंग भने, "सरकारले पेलेर जाने रणनीति लिएको देखिन्छ।"

सरकारी पक्ष डा. केसीलाई काठमाडौं ल्याउने कुरामा मात्र अल्झिएको र शिक्षा विधेयक संसदबाट फिर्ता लिएर वार्ताको न्युनतम् वातावरण बताउनमा कुनै चासो नदेखाएको उनको गुनासो छ।

सोमवार अवेर रातीसम्म पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मंगलवार पुन: छलफल जारी राख्ने सहमति भएको थियो।

सोमवारको छलफलमा समेत सरकारी पक्षले डा. केसीलाई काठमाडौं ल्याएर उपचार गराउने कुरा राखेको थियो भने डा. केसीका प्रतिनिधिहरूले संसदबाट चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए।

सरकारद्वारा शिक्षा सचिव खगराज बराल नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य र गृह मन्त्रालयका उपसचिव समेतको संलग्नता छन्।

डा. केसीका प्रतिनिधिको रूपमा डा. अभिषेक राज सिंह, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल तथा प्रितम सुवेदी, चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव डा. लोचन कार्कीलगायत छन्।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ १३:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुर्घटनामा पैदलयात्रुको मृत्यु

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको भैसाखोरीमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । 

भैसाखोरीस्थित सशस्त्र प्रहरीको क्याम्प अगाडि भएको दुर्घटनमा स्थानीय ४५ वर्षका अमरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन।

बाटोमा पैदल हिँडदै गरेका बिकलाई ठक्कर दिएर गाडी भागेको प्रहरीको भनाई छ। घटना मंगलबार बिहान भएको हो। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको दाबी छ। शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित : श्रावण १, २०७५ १२:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT