२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डा. केसीका प्रतिनिधि भन्छन्, 'वार्ताको वातावरण नै बनेन, सरकार पेलेर जाने रणनीतिमा छ' 

अतुल मिश्र

काठमाडौँ — जुम्लामा १८ दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच मंगलवार औपचारिक वार्ता हुन सकेको छैन ।

डा. केसीका प्रतिनिधि भन्छन्, 'वार्ताको वातावरण नै बनेन, सरकार पेलेर जाने रणनीतिमा छ' 

सोमबार साँझ सरकारी वार्ता टोली बनेपछि उत्साही देखिएको डा. केसीका प्रतिनिधिहरुले सरकारी पक्ष पेलेर जाने रणनीतिमा रहेको आरोप लगाएका छन् ।


मंगलबार बिहान ९ बजेदेखि नै दोस्रो चरणको वार्ता गर्ने भनेर जम्मा भएपनि दिउँसो १ बजेसम्म औपचारिक वार्ता सुरु नभएको उनीहरुको भनाई रहेको छ ।


"आज विहान ९ बजेदेखि सरकारी पक्षसंग बस्दा समेत वार्ताको न्युनतम् वातावरणसमेत बन्न सकेन", छलफलमा संलग्न डा. अभिषेक राज सिंहले दिउँसो कान्तिपुरसंग भने, "सरकारले पेलेर जाने रणनीति लिएको देखिन्छ ।"


सरकारी पक्ष डा. केसीलाई काठमाडौं ल्याउने कुरामा मात्र अल्झिएको र शिक्षा विधेयक संसदबाट फिर्ता लिएर वार्ताको न्युनतम् वातावरण बताउनमा कुनै चासो नदेखाएको उनको गुनासो छ ।


सोमवार अवेर रातीसम्म पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मंगलवार पुन: छलफल जारी राख्ने सहमति भएको थियो ।


सोमवारको छलफलमा समेत सरकारी पक्षले डा. केसीलाई काठमाडौं ल्याएर उपचार गराउने कुरा राखेको थियो भने डा. केसीका प्रतिनिधिहरूले संसदबाट चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए ।


सरकारद्वारा शिक्षा सचिव खगराज बराल नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य र गृह मन्त्रालयका उपसचिव समेतको संलग्नता छन् ।


डा. केसीका प्रतिनिधिको रूपमा डा. अभिषेक राज सिंह, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल तथा प्रितम सुवेदी, चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव डा. लोचन कार्कीलगायत छन्।

प्रकाशित : श्रावण १, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?