कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा

चिकित्सा शिक्षा विधेयक मुख्य मुद्दा 
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका पछिल्ला निर्णय र गतिविधिका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

प्रतिपक्षीय भूमिका प्रभावकारी हुन नसकेको आरोप खेपिरहेका बेला कांग्रेसको मंगलबार विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले साउन ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

सरकारले डा गोविन्द केसीसंँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ।

Yamaha


यही मुद्दालाई केन्द्रविन्दुमा राखेर उसले सडक आन्दोलनको घोषणा गरेको हो। सरकार जनवादी केन्द्रियताको शैलीमा अघि बढेको ठहर समेत कांग्रेसले गरेको छ।

कांग्रेसको निर्णय अनुसार ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने निर्णय छ। सोही दिन प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने निर्णय कांग्रेसको छ।

५ गते तरुण दलको नेतृत्वमा नेतृत्वमा राजधानीमै प्रदर्शन हुनेछ। जसमा सबै भातृसंस्थालाई प्रदर्शनमा सहभागी र समन्वयका लागि पार्टी सभापति देउवाले निर्देशन दिइसकेका छन्।

६ गते बीपी दिवसका अवसरमा राजधानीमै सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया गर्ने, ८ गते भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको संयुक्त नेतृत्वमा प्रदर्शन गर्ने र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय छ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ १५:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — नयाँ शक्ति पार्टी र नेविसंघले माइतीघर मण्डलामा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । नयाँ शक्ति पार्टीले मण्डलामा मात्रै प्रदर्शन गरेको थियो भने नेविसंघको झण्डासहितको जुलुस नयाँ बानेश्वर चाेक नजिकसम्म पुगेको थियो । दुवै प्रदर्शन सरकारले डा. गोविन्द केसीको अनशन प्रति देखाइरहेको रवैया निरंकुशतामाथि केन्द्रित थियो ।

प्रकाशित : श्रावण १, २०७५ १४:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT