नेकपाको महाधिवेशनमा भाग लिन अध्यक्ष पनि जित्नुपर्ने

प्रकाश सिलवाल/रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । 

एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन) को प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन/अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन ।

Yamaha


नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई मंगलबार बसेको सचिवालयको छैटौँ बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक हुनेछ भन्दै सबै महाधिवेशन/अधिवेशनमा निर्वाचित प्रतिनिधिले मात्र भाग लिन पाउने व्यवस्था गरिएको बताए । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भएमा ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउने छैनन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले पारित विधान र नियमावलीलाई प्रकाशन गर्ने र आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना (आगामी भदौ ३) भित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिए ।

एकतापछि प्रधानमन्त्री ओलीको छिमेकी चीन भ्रमण र अध्यक्ष दाहालको श्रीमतीको उपचारका लागि सिंगापुर भ्रमण तथा अन्य कार्यव्यस्तताले विधान र नियमावली पारितमा ढिलाइ हुँदा मातहतका कमिटीको एकताले गति लिन सकेको छैन । 'तलको एकतामा अब ढिलाइ हुँदैन, शीर्ष नेताहरुको कार्यव्यस्तताले नभ्याइएको हो, हामी तीन महिनाभित्र सक्ने तयारीमै छौँ' उनले भने ।

विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउनेछन् र पार्टीले कहाँ कहिले एकता गर्ने भन्ने कार्ययोजना तय गर्नेछ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्ययोजनाबारे मंगलबार छलफल सुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराएका थिए ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरू

कान्तिपुर संवाददाता

भक्तपुर — केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबार(आज)बाट श्रावणी मेला सुरु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा अवस्थित डोलेश्वर मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भदौ ६ सम्म सञ्चालन हुने मन्दिर संरक्षण तथा विकास समितिका सचिव मोहन बल्लले बताए।

३७ दिने मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने भक्तजनको सहजताका लागि लाईन कुपन प्रणाली , ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको व्यवस्था मिालाएको जनाएको छ।

मंगलबार बिहान पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरिको छ। कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा मन्दिर परिसरको १६ टनको एउटा बसाहाको अनावरण गरिको छ। बसाह निर्माणका लागि बारा निजगढी नगरपालिका शम्भुबहादुर बुढाथोकीले ११ लाख १० हजार रुपैया सहयोग गरेको समितिका कोषाध्यक्ष विश्वराम थापाले बताए।

प्रकाशित : श्रावण १, २०७५ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT