कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बनारसमा बन्धक बनाइएका दुई महिला फर्किए

कमल पन्थी

बर्दिया — भारतको उत्तरप्रदेश राज्यको बनारसमा बन्धक बनाइएकी बर्दियाका दुई महिला मंगलबार विहान फर्केका छन् । मधुवन नगरपालिकाकी ३२ र २८ वर्षिया ती महिला भारतको रुपैडिहा हुँदै यहाँ आएका छन् ।

बनारसमा बन्धक बनाइएका दुई महिला फर्किए

सन्दीप नाम गरेका दलालले कान्तिपुर अनलाईनमा सोमबार समाचार प्रकाशित भएकोले पक्राउ हुने भन्दै हामीलाई पठाएको उनीहरुले बताए ।

उनीहरुका अनुसार दलालले बनारसको हनुमान मन्दिर नजिक रहेको नथुनी बजारको पाँच वटा कोठामा करिब १ सय ५० जना महिलालाई बन्धक बनाई राखेका छन् ।

धादिङ, झापा, ईलाम, सुनसरी, बाँके, दाङ लगायतका जिल्लाका नेपाली महिला बन्धक बनाइएको छ । भारतीय प्रहरीको मिलेमतो भएका कारण दलाल निर्धक्क रहेको ३२ वर्षीया उद्दार भएकी ती महिलाले बताईन् ।


रुपैडियासम्म जाने रोडवेज बसमा चढेर उनीहरु नेपालगन्ज हुँदै गुलरिया आएका हुन् । उनीहरुले प्रहरी कार्यालयमा दलाल विरुद्ध उजुरी दिएका छन् । स्थानीय प्रशासनले ती महिलालाई सेवा केन्द्रमा राखेको छ ।

बनारस पुगेको एघार दिन पछि उनीहरु घर फर्किएका हुन् । अन्य नेपाली महिलाहरुलाई करिब तीन महिनादेखि बन्धक बनाईएको छ ।


सन्दीप नाम गरेको भारतीय दलालले राहदानी बनाउन बर्दिया आएको खुलासा भएको छ । राहदानी बनाउने रकम समेत उपलब्ध गराई उद्धार भएकी दुवै महिलालाई काठमाडौं हुँदै रुपैडिहाबाट बनारस पुर्‍याएका थिए ।

माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बनारसमा माईती नेपाल र भारतीय उद्दार संस्थाले बन्धक बनाइएको स्थलको खोजीमा लागेको जनाए ।


प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङमाङले बन्धक बनाइएकी ती महिलालाई उद्धारका लागि सबै तयारी भइसकेको जनाए । ‘बनारस जाने तयारीमा छौँ ’ उनले भने, ’उनीहरुलाई बन्धक बनाइएको ठाउँमा नेपाली र भारतीय संघ संस्थाले निगरानी बढाएको छ । ’

प्रकाशित : श्रावण १, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?