द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

भीमबहादुर सिंह

जाजरकोट — सशस्त्र द्वन्द्वका क्रममा विस्थापित, मृतक लगायत द्वन्द्व पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ करोड ४७ लाख राहत वितरण गरेको छ ।

राहत प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय परिसरमा जम्मा भएका द्वन्द्व पीडितहरु । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर । 

प्रशासनले तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएका र मृत्युवरण गरेकालाई उक्त राहत वितरण गरेको हो । प्रशासनले २ सय ९१ घरपरिवारका एक हजार ४ सय ४१ लाई राहात वितरण गरेको स्थानीय शान्ति समिति कार्यालय सचिव ज्ञानेश्वर आचार्यले बताए ।

Yamaha


गत असार ३२ गतेसम्म निवेदन आएकालाई राहत वितरण गरेको आचार्यले बताए । प्रशासनले १ जना मृतक र अरु सबै विस्थापितलाई राहत वितरण गरेको छ ।

कार्यालयले द्वन्द्वपीडितका लागि आएको ६९ लाख रकम भने वितरण नगरेरै फिर्ता गरेको छ । बेपत्ता पारिएका र केहि विस्थापित सम्पर्कमा नआएपछि रकम फिर्ता गएको उनले बताए ।

प्रशासन कार्यालयमा द्वन्द्व पीडितका लागि ४ करोड १७ लाख निकासा आएको थियो । चार सय ९४ घरपरिवारका दुई हजार १ सय ७६ विस्थापित र ८ मृतक तथा बेपत्ताका लागि राहात उपलब्ध भएको थियो ।

मृतकका आफन्तलाई दुई लाख ५० हजार र विस्थापितलाई २५ हजारका दरले राहत वितरण भएको छ । विगतमा राहत रकम नपाएका र अपुग रकम लिएकालाई थप रकम वितरण गरेको सचिव आचार्यले बताए ।

विस्थापित शीर्षकमा राहत लिने एउटै घरका १० जना सम्म रहेका छन् । राहतका लागि सबै पीडितको आवेदन आउन नसकेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ १७:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चोरीमा संलग्न युवा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चोरीमा संलग्न रहेको आरोपमा भक्तपुरका एक युवा पक्राउ परेका छन् ।

मध्यपुर ठिमि –६ कुण्डोलका नविन बुढाथोकीको घरमा चोरी गरेको आरोपमा चागुनारायण –७ का ४० वर्षीय पशुपति रिमाललाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो।

रिमालले बुढाथोकीको घरबाट गएको जेठ १५ गते सुन चाँदीसहित ७ लाख २५ हजार बराबरको धनमाल चोरी गरेका थिए।

अपराध महाशाखाले रिमालको साथबाट सुनका गरगहना पाँच तोला, चाँदीको दियो एक थान, र तीन थान मोबाइल बरामद गरेको छ।

उनलाई कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमि भक्तपुर पठाइएको अपराध महाशाखा टेकुका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिएका छन्।

प्रकाशित : श्रावण १, २०७५ १६:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT