कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कसैको दबाबमा सरकारले निर्णय गर्दैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सरकारविरुद्ध अफवाह फेलाइएको भन्दै प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

कसैको दबाबमा सरकारले निर्णय गर्दैन : प्रधानमन्त्री

'सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारविरुद्ध अफवाह फैलाएका छन्' प्रधानमन्त्री ओलीले भने, 'पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।' उनले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उनले बताए ।


देशमा सुशासन ल्याउने प्रतिबद्धताबाट आफू विचलित नहुने र कसैको दबाबमा सरकारले निर्णय नगर्ने प्रधानमन्त्रीले प्रस्ट पारे । 'संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्छ' उनले भने, 'जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।' अघिल्ला सरकारभन्दा आफू नेतृत्वको सरकारका उद्देश्य फरक रहेको भन्दै ओलीले सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए ।


दुई/चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । 'चुनावभन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ' उनले भने, 'निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधानविपरीत गर्‍यो ।' प्रतिपक्ष कांग्रेसले भने सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सदनदेखि सडकसम्मको आन्दोलन घोषणा गरेको छ ।


प्रकाशित : श्रावण १, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?