प्रधानमन्त्रीसँग अयोग्य पूर्वलडाकुको ७ बुँदे माग

काठमाडौँ — अयोग्य पूर्वलडाकुहरुले स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह एकमुष्ठ आर्थिक प्याकेज दिनुपर्नेलगायत माग राखी प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

प्रधानमन्त्रीसँग अयोग्य पूर्वलडाकुको ७ बुँदे माग

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पुगेर बहिर्गमित जनमुक्ति सेनाको नेतृत्वमा ७ बुँदे ध्यानाकर्षपत्र बुझाइएको महासचिव सुवास थापाले जानकारी दिए । उनका अनुसार स्वेच्छिक अवकाश लिएका पूर्वजनमुक्ति सेनासरह एकमुष्ठ आर्थिक प्याकेज दिनुपर्ने वा दीर्घकालीन व्यवस्थापन हुने कुनै क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने, बहिर्गमित जनमुक्ति सेनालाई लगाएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मापन पत्र र परिचय पत्र वितरण गर्नुपर्ने, पक्राउ परेकालाई बिनाशर्त अबिलम्ब रिहा गर्नुपर्ने, घाइते तथा अपांगता भएकाहरुको उपचार खर्चको व्यवस्था गर्नुपर्ने माग छन् ।


उक्त संगठनका अनुसार देशभर करिब ४ हजार अयोग्य लडाकु छन् । उनीहरु तत्कालीन नेकपा (मा‌ओवादी) ले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धमा सामेल भएका थिए ।

प्रकाशित : श्रावण १, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?