१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अपडेट: पर्वतको पहिरोमा एकको मृत्यु, ६ घाईते, २५ घर पुरिए

दिप्ती सिलवाल

नाङ्लीवाङ, (पर्वत) — जलजला गाउँपालिका ८ बरेनेटामा गएराती पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । राती करिब १ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको ज्यान गएको हो । छन् ।

अपडेट: पर्वतको पहिरोमा एकको मृत्यु, ६ घाईते, २५ घर पुरिए

रातीदेखि हराइरहेका परियारको बिहान करिव ९ बजे पहिरोबाट शव निकालिएको थियो । पहिरोबाट जोगिन खोज्दा अरु ६ जना गम्भिर घाइते भएका छन् । पहिरो र स्थानीय लस्ती खोलाले कटान गर्दा २५ घर क्षतिग्रस्त छ । पहिरोका कारण रातीदेखि हराइरहेका ५ जना सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

मंगलबार साँझदेखि परेको मुसलधारे वर्षा नरोकिएपछि लस्ती बजारबाट करिब चार सय मिटर माथिको बरेनेटा बस्तीमाथिको पाँच स्थानबाट एकैसाथ पहिरो खसेको स्थानीयले बताए । ‘राँके सक्रांन्ती भएकोले रोपाइबाट फर्केर लुतो फालेर सुत्दा ११ बजेको थियो,’ बमबहादुर परियारले भने, ‘निधाएर व्यूंझिंदा घर तल पुगिसकेको थियो । भाग्दाभाग्दै छोरो पहिरोमै पुरिएछ । ४ बजे बल्ल थाहा भयो ।’

बरेनेटामा सबै बिपन्न परिवारको बस्ती छ । बस्तीमा रहेका २४ मध्ये १३ घर पहिरोले पुरिएको छ । बाँकी ११ घरको पनि चारैतिरबाट पहिरोले घेरिएका कारण सबै स्थानीय लस्ती बजारको स्कुल र पसलहरुमा शरण लिन पुगेका छन् ।

लस्ती बजार हुँदै बगेको लस्ती खोलाले कटान गर्दा ८ घर बस्नै नहुने अवस्थामा पुगेको नाङ्लीवाङका वडाध्यक्ष हरिविकास जिसीले बताए । त्यस्तै जलजला ७ धाइरिङको बाँस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पुरिंदा आचार्यसहित परिवारका ४ जना गम्भिर घाइते भएका छन् । घाइतेमध्ये केहिको टाउको र ढाडमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ ।

बिहान अबेरसम्म वर्षा नरोकिएकोले करिव ९ बजे उद्धार टोली पुगेको थियो । नेपाली सेनाको केबलजंग गुल्म, चण्डिका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घाइतेको उद्धार गरि केहिलाई बाग्लुङ, केहिलाई पोखरा पठाएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए ।

तस्बिरहरु : अगन्धर तिवारी/पर्वत ।


प्रकाशित : श्रावण २, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?