कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखामा पहिरोले घर भत्काउँदा ८ महिने बालकसहित ३ को मृत्यु

हरिराम उप्रेती

गोरखा — शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गएको छ ।

गोरखामा पहिरोले घर भत्काउँदा ८ महिने बालकसहित ३ को मृत्यु

बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए । सरु र युनिक आमा छोरा हुन् ।


‘बिहान साँडे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्‍यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ कृष्णले भने । पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । ‘वैकल्पीक बाटोको प्रयोग गरि सेना र प्रहरी पुग्दैछन्,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने ।

प्रकाशित : श्रावण २, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?