म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी
काठमाडौँ — डा. गोविन्द केसीले सरकारसँग भईरहेको वार्तालाई तार्किक निश्कर्षमा पुर्याउन तुरन्त चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरेका छन् ।
उनले पुर्ण म्यान्डेटसहितको वार्ता टोली सरकारले पठाए मात्र अर्को चरणको वार्ता हुने समेत उल्लेख गरेका छन् । डा. केसीले विज्ञप्ती जारी गर्दै सरकारले गरेको प्रारम्भिक चरणको वार्तामा माग पूरा गर्न कुनै पहल नभएको समेत उल्लेख गरेका छन् । आवश्यक म्यान्डेट नै नदिई कर्मचारी मात्र सम्मिलित वार्ता टोली पठाएर सरकारले झारा टार्ने काम गरेको आरोप समेत उनले लगाएका छन् ।
हालसम्म सार्थक वार्ता सुरु हुन नसकेको औँल्याउदै डा केसीले सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको र आफूहरूले उठान गरेको एजेण्डाहरुप्रति उदासीन रहेको जनाएका छन् ।
डा केसीका प्रतिनिधिहरू सरकारी वार्ता टोली म्यान्डेट विहीन रहेको बताउँदै आएका छन् ।
प्रकाशित : श्रावण २, २०७५ १४:११