म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी

अतुल मिश्र

काठमाडौँ — डा. गोविन्द केसीले सरकारसँग भईरहेको वार्तालाई तार्किक निश्कर्षमा पुर्याउन तुरन्त  चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरेका छन् ।

उनले पुर्ण म्यान्डेटसहितको वार्ता टोली सरकारले पठाए मात्र अर्को चरणको वार्ता हुने समेत उल्लेख गरेका छन् । डा. केसीले विज्ञप्ती जारी गर्दै सरकारले गरेको प्रारम्भिक चरणको वार्तामा माग पूरा गर्न कुनै पहल नभएको समेत उल्लेख गरेका छन् । आवश्यक म्यान्डेट नै नदिई कर्मचारी मात्र सम्मिलित वार्ता टोली पठाएर सरकारले झारा टार्ने काम गरेको आरोप समेत उनले लगाएका छन् ।

Yamaha

हालसम्म सार्थक वार्ता सुरु हुन नसकेको औँल्याउदै डा केसीले सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको र आफूहरूले उठान गरेको एजेण्डाहरुप्रति उदासीन रहेको जनाएका छन् ।

डा केसीका प्रतिनिधिहरू सरकारी वार्ता टोली म्यान्डेट विहीन रहेको बताउँदै आएका छन् ।

Esewa Pasal

प्रकाशित : श्रावण २, २०७५ १४:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।



आमरण अनसनको १७औँ दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर जीवन रक्षाको लागि कुनै पहल नगरेकोले कडा पाइला चाल्न बाध्य भएको संघले जनाएको छ।

चिकित्सक संघले सरकारले वार्ता टोली नबनाए साउन ३ गते बिहीबार विहान देखि नै मुलुकभरका सबै सरकारी, निजी, शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत सबै स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको समेत उल्लेख गरेको छ।

प्रकाशित : असार ३२, २०७५ १८:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT