[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , सबैको सनाखत

हरि गौतम

रुकुमपूर्व — सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , सबैको सनाखत

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१२, की तिर्सना तुलाचनको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको अस्पतालमा उपचारको क्रममा पुथाउत्तरगंगा गाउँपालिका–१४, रुकुम पूर्वकी ३१ वर्षीया शालिनी बर्मा, बाँके कोहलपुरकी २२ वर्षीया ललिता परियार र भूमे गाउँपालिका–४, रुकुम पूर्वका जिल्ला २८ वर्षीय अर्जुन विकको मृत्यु भएको हो ।


दुर्घटनामा घाइते चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । घाइतेहरुमा रुकुम पश्चिम मुसीकोट नरपालिका–१२, का जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–११, की २५ वर्षीया प्रमिला बुढामगर, सोही गाउँपालिका २ का २७ वर्षी धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।


टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।


.............

सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाकै सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबै पुथाउत्तरगंगा गाउँपालिकाका सर्वसाधारण रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–२, का अन्दाजी २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, अन्दाजी ३५ वर्षीय कुमार पुन, अन्दाजी ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।


गाडी सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको छ । दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ ।


टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको प्रहरी अनुमान छ ।


........

सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा ७ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अहिले उद्धार कार्य चलिरहेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

वर्षाको समयमा बाटो चिप्लो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?