१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारलाई नेविस‌ंघको प्रश्न- ‘भोट माग्दा वाईफाई फ्रि अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने ?’

दूरसञ्चार प्राधिकरणको कार्यालयमा धर्ना

काठमाडौँ — नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै धर्ना दिएको छ ।

सरकारलाई नेविस‌ंघको प्रश्न- ‘भोट माग्दा वाईफाई फ्रि अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने ?’

नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, कमलादीमा धर्ना दिएको हो । थप कर र सेवा शुल्क गरेर इन्टरनेटमा करिब २५ प्रतिशत कर लगाएको भन्दै नेवि संघले विरोध जनाएको छ ।

कर वृद्धिले इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भएकोले आफूहरु विरोधमा उत्रिएको नेविसंघका सभापति नैनसिंह महरले बताए । सरकारले इन्टरनेटमा कर बढाएर जनतालाई सूचनाको सजिलो पहुँचबाट बञ्चित गराउन खोजेको उनको आरोप थियो । कान्तिपुरसँग सभापति महरले भने, ‘भोट माग्ने बेलामा वाईफाई फ्रि भन्ने अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने, यो जनतालाई सूचनाको पहुँचबाट टाढा गराउने खेल हो ।’

कम्यनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख देखिएको भन्दै उनले अहिले शान्तिपूर्ण संघर्ष गर्ने र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनसमेत दिए । सरकारी अस्पतालका डाक्टरलाई गृह मन्त्रालयमा केरकार गर्ने, नेपाली कांग्रेसले ल्याएको विधेयकलाई तोडमोड गरेर सरकार संवेदनशील नहुनुले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उनले भनाइ थियो ।

यस्तै सरकारले पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुको मूल्यवृद्धि, विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरी बालुवाटारलाई बन्दीगृह बनाउने गरेको भन्दै सभापति महरले आपत्ति जनाए ।

भिडियो

प्रकाशित : श्रावण २, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?