पुरातात्विक महत्वको मूर्ति बेच्न खोज्ने पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — एक सय वर्ष पुरानो बाल गोपालको मूर्ति बेच्न हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरातात्विक महत्वको मूर्ति बेच्न खोज्ने पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले झोलामा मूर्ति बोकी ग्राहक खोज्दै हिँडेका दोलखबहादुर सोमई र दीपक मैनालीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । बरामद ढलोटको ८ केजी एक सय ७० ग्राम तौलको मूर्ति ३४ सेमी उचाईको छ ।


दोलखले आफ्नो घरमा वर्षौदेखि रहेको मूर्ति बेच्नका लागि दीपकको सहयोग लिएका थिए । अपराध महाशाखाले बरामद गरेको मूर्तिको परीक्षणका लागि पुरातत्व विभाग पठाएको थियो ।


महाशाखाका एसपी नरेन्द्र उप्रेतीले पुरातत्वले मूर्ति एक सय वर्षभन्दा पुरानो रहेको बताए । पुरातत्वका महानिर्देशक भेषनारायण दाहालले मूर्तिको विषयमा धेरै जानकारी गोप्य रहने र सबै कुरा प्रहरीसँग नै बुझ्न आग्रह गरे ।


महाशाखाले उक्त मूर्ति कुनै मन्दिर वा मठबाट चोरिएको दोलखको हातमा पुगेको हो कि भनेर पनि अनुसन्धान गरेको थियो । एसपी नरेन्द्र उप्रेतीका अनुसार पुरातत्वले पनि उक्त मूर्ति चोरीएका मूर्तिको सूचीमा नरहेको बताए ।

प्रकाशित : श्रावण २, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?