कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने [नामावलीसहित]

कालिका खड्का

काठमाडौँ — सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । 

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने [नामावलीसहित]

विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।


मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको हो । पीडितले सो क्षतिपूर्ति रकम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउनेछन् ।


मानव अधिकार हननसम्बन्धी घटनामा क्षतिपूर्ति पाउनेहरुमा तीन लाख क्षतिपूर्ति पाउने मृतकका परिवारहरु

रसुवा लहरेपौवा–२ का अर्जुन लामिछाने

समरथली–७ रसुवाका लीलामाया तामाङ

समरथलीकै–७ का वीरबहादुर तामाङ

ललितपुर माल्टा–२ का शुकबहादुर थिङ

भीमबहादुर बोम्जन

नुवाकोट शिखरबेंसी–६ का चतुरनारायण योगी

कैलाली दरम–२ मा खुशीराम चौधरी


कैलाली रतनपुर–५ घटनामा घाइते भएकामध्ये

रमदैया चौधरीलाई रु तीन लाख

माधुरी चौधरीलाई रु तीन लाख

अलिसा चौधरीलाई रु दुई लाख ५० हजार

रुपादेवी चौधरीलाई रु दुई लाख ५० हजार

अमिसा चौधरीलाई रु तीन लाख र प्रदेश चौधरीलाई रु दुई लाख ५० हजार


गैरकानूनीमा थुनामा परेका व्यक्ति

काठमाडौँ नाङ्लेभारेका घनश्याम बस्ताकोटीलाई रु १० हजार ५००

कैलाली फूलबारी–६ का तीर्थराज पौडेललाई रु १० हजार

जुम्ला महतगाउँका क्षेत्रबहादुर महतलाई रु एक लाख ४४ हजार


बेपत्ता पारिएका व्यक्तिहरुका परिवार

कञ्चनपुर श्रीपुर–२ का छोटेलाल चौधरी ३ लाख

नाथुराम चौधरी ३ लाख

जंगबहादुर चौधरी ३ लाख

कैलाली रतनपुर–५ का धरमपाल चौधरी ३ लाख


घाइते

बझाङ चैनपुर–८ का राजन रजकलाई रु तीन लाख

लोकेश हमाललाई रु दुई लाख ५० हजार


घाइते तथा अशक्त

कैलाली मालाखेती–३ का तेजबहादुर साउदलाई रु दुई लाख

कैलाली भजनी–३ का भुवनराज न्यौपानेलाई रु तीन लाख

कञ्चनपुर देखतभुली–८ का भीमबहादुर विष्टलाई रु तीन लाख


यातनापीडित

नुवाकोटका लक्ष्मण न्यौपानेलाई रु ७५ हजार

अरुणोदय–९ तनहुँका झकबहादुर कुमाल र नेत्रबहादुर कुमाललाई जनही रु एक लाख


नेउलापुर–५ बर्दियाका विष्णुवन सन्न्यासीलाई रु एक लाख

हसुलिया–१ कैलालीका भीमबहादुर कोलीलाई रु एक लाख ७५ हजार ।

नुवाकोट कुमरी–२ का यातना पीडित दामोदरप्रसाद गौतमलाई


मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णयलाई आयोगले सकारात्मक रुपमा लिएको बताए ।

रासस

प्रकाशित : श्रावण २, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?