१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अनुगमन समिति गठन

रासस/याेन्हाप

काठमाडौँ — सरकारले गंगामाया अधिकारीलाई अनशन तोडाउँदा गरेको प्रतिबद्धता कार्यन्वयन भए/नभएको सम्बन्धमा अनुगमन गर्न एक समिति गठन गरेको छ । समितिमा गृहमन्त्रालयका उपसचिव वशिष्टकुमार घिमिरे र गंगामायाका तर्फबाट कनकमणि दीक्षित, चरण प्रसाईं, सुबोध प्याकुरेल, बाबुराम गिरी र रामआशिष कार्की रहेको कानून, न्याय तथा संसदीय मामिला प्रवक्ता रमेश ढकालले जानकारी गराए ।

अनुगमन समिति गठन

उनका अनुसार समितिले सरकारले गंगामायासँग अनशन तोडाउने क्रममा गरेको प्रतिबद्धताको कार्यन्वयनको स्थिति तथा परिपालनाका सम्बन्धमा अनुगमन गर्नेछ । गत असार २९ गते कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले न्याय दिने प्रतिबद्धता जनाएपछि गंगामायाले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस खाएर अनशन तोडेकी थिइन् ।


गोरखा फुजेलकी ५८ वर्षीया गंगामाया गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा बसेकी थिइन् ।

प्रकाशित : श्रावण २, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?