कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डा. केसीको मुटुमा गम्भीर समस्या

एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

डा. केसीको मुटुमा गम्भीर समस्या

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । ‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।


चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन् । श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ ।

प्रकाशित : श्रावण २, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?