डा. केसीलाई काठमाडौं लान नदिन अस्पताल भित्र र बाहिर प्रदर्शन भएपछि मुख्यमन्त्रीको टोली फिर्ता

एलपी देवकोटा

काठमाडौँ — विगत २० दिन देखि जुम्लामा चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस पढाई सुरु गर्नुपर्ने लगायतका माग राखेर आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई बिहीबार बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेपछि जुम्लामा त्यसको विरोध भइरहेको छ ।

डा. केसीलाई काठमाडौं लान नदिन अस्पताल भित्र र बाहिर प्रदर्शन भएपछि मुख्यमन्त्रीको टोली फिर्ता

सरकारको निर्देशनमा डा. केसीलाई लिन नेपालगन्जबाट हेलिकप्टर जुम्ला पुगिसकेको छ । डा. केसीलाई काठमाडौं लैजाने वातावरण मिलाउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी पनि कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। उनीहरु अस्पताल परिसर पुगे लगत्तै नाराबाजी गर्दै विद्यार्थीहरुले उनीहरुलाई भित्र प्रवेश गर्न दिएनन्। अस्पताल भित्र विद्यार्थीहरुले प्रदर्शन गरेका थिए भने बाहिर स्थानीय महिलाको अगुवाईमा स्थानीयवासीले नाराबाजी गरेर बाटो बन्द गरेका थिए ।


मुख्यमन्त्री र कानुनमन्त्री विरुद्ध चर्को नाराबाजी भएपछि उनीहरु दुवैजना फर्किएका छन् । उनीहरु फर्किने बाटोमा टायर बालेर स्थानीय अवरोध समेत गरेका थिए ।

झडप हुने सम्भावना बढ्दै गएसँगै प्रशासनले अस्पताल परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ ।




प्रकाशित : श्रावण ३, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?