ठूला सरकारी अस्पतालका आकस्मिक बाहेकको सेवा ठप्प

काठमाडौँ — नेपाल चिकित्सक संघको आह्वानमा बिहीबार राजधानीलगायत मुलुकभरका अधिकांश अस्पतालहरुमा आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाइएको छ ।

ठूला सरकारी अस्पतालका आकस्मिक बाहेकको सेवा ठप्प

उपचारका लागि बहिरंग विभाग पुगेका विरामीहरु चिकित्सकहरु नभेटिए पनि फर्किएका छन् । जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागहरु पुरा गरेर उनको जीवन रक्षाको माग गर्दै संघले आकस्मिक बाहेकको सेवा बन्द गर्न आह्वान गरेको हो ।


उपत्यकाका ठूला अस्पतालहरु वीर, महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताललगायतका अस्पतालहरु बिहानैदेखि बन्द रहेको छ । टेकु अस्पतालमा भने सेवा सुचारु रहेको छ ।


निजी अस्पतालहरुमा भने अंशिक रुपमा बहिरंग सेवा सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ ।


प्रकाशित : श्रावण ३, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?