राजधानीमा डा. केसीको समर्थनमा प्रदर्शन (भिडियो) 

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणात हुने बताइएको छ । 

नेपाल चिकित्सक संघको आह्वानमा स्वास्थ्य सेवा बन्द गरेर स्वास्थ्यकर्मी माइतीघ मण्डलामा भेला भएका थिए । राजधानीका धेरैजसो ठूला सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहेका छन् ।

प्रकाशित : श्रावण ३, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

ठूला सरकारी अस्पतालका आकस्मिक बाहेकको सेवा ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघको आह्वानमा बिहीबार राजधानीलगायत मुलुकभरका अधिकांश अस्पतालहरुमा आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाइएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि कुरिरहेका बिरामी र सेवा बन्द गरेर हड्तालका लागि बाहिर निस्कंदै गरेका स्वास्थ्यकर्मी । तस्बिर : इलिट जोशी । कान्तिपुर ।


उपचारका लागि बहिरंग विभाग पुगेका विरामीहरु चिकित्सकहरु नभेटिए पनि फर्किएका छन्। जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागहरु पुरा गरेर उनको जीवन रक्षाको माग गर्दै संघले आकस्मिक बाहेकको सेवा बन्द गर्न आह्वान गरेको हो।

उपत्यकाका ठूला अस्पतालहरु वीर, महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताललगायतका अस्पतालहरु बिहानैदेखि बन्द रहेको छ। टेकु अस्पतालमा भने सेवा सुचारु रहेको छ।

निजी अस्पतालहरुमा भने अंशिक रुपमा बहिरंग सेवा सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित : श्रावण ३, २०७५ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्