कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

डा. केसी काठमाडौं आउन तयार

काठमाडौँ — जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् ।

डा. केसी काठमाडौं आउन तयार

‘डाक्टर साबले म काठमाडौं जान्छु भन्नु भएको छ,’ स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीले टेलिफोनमा कान्तिपुर सँग भने, ‘केहि बेरमा उहाँलाई लिएर आउँछौं ।’


यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र आन्दोलन उत्रिएका सर्वसाधारणलाई प्रहरीले दमन गरेको थियो । प्रहरीले गोलीसमेत चलाएको बताइएको छ ।


डा. केसीले स्थिति फरक भएकोले आफु राजधानी जान तयार भएको बताएका हुन् ।


सरकारले बिहिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र महानिर्देशक लोहनीलाई केसीको उद्धार गरी काठमाडौं ल्याउन हेलिकप्टर सहित जुम्ला पठाएको थियो ।


कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको समेत सहयोगमा डा. केसीको उपचार गरि जीवन रक्षा गर्न काठमाडौं ल्याउन लागिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरि जनाएका थिए । उनको शिक्षण अस्पतालमा उपचार गर्ने सरकारी तयारी छ । सबभन्दा पहिला केसीको उपचार गराउनु सरकारको पहिलो दायित्व भएको मन्त्री पोखरेलले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?