कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सरकार वार्ताबाट भाग्न खोजेको होइन : सञ्चारमन्त्री 

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ताबाट नभाग्ने प्रस्ट्याएका छन् । बिहीबार कान्तिपुरको कार्यालय थापाथलीमा कुराकानी गर्दै मन्त्री बाँस्कोटाले अनशनरत डा‌. गोविन्द केसीसँग वार्ता गर्नकै लागि समिति बनाएको बताए ।

सरकार वार्ताबाट भाग्न खोजेको होइन : सञ्चारमन्त्री 

'सरकार वार्ता गर्न तयार छ, त्यसैले वार्ता समिति बनाएको हो' उनले भने, 'कुनै पनि समस्या समाधानको बाटो वार्ता नै हो ।' सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले चिकित्सा क्षेत्र मात्रै नभई सबै क्षेत्रलाई व्यवस्थित गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे ।


सरकारले बनाएको वार्ता टोली डा. केसीले नमान्ने घोषणा गरेको सन्दर्भमा मन्त्री बाँस्कोटाले भने, 'कुन तहसँग वार्ता गर्ने, कुनसँग नगर्ने भन्ने प्रधान होइन, प्राथमिकता समस्या समाधान हो ।'


संवादका क्रममा मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता र विधिको शासनप्रति सरकार प्रतिबद्ध रहेको भन्दै मिडियामाथि अंकुश नलगाइने बताए । उनले भने, 'कहीं पनि शंका नगर्नु होला । मिडियामाथि अंकुश लगाइँदैनँ ।' उनले प्रेस समाजको ऐनामात्रै होइन, नेतृत्व पनि भएकोले समाजप्रतिको दायित्व र जिम्मेवारी वहन गर्नुपर्ने बताए । उनले मिडिया प्रतिपक्षीमात्रै नभइ आलोचक हुनुपर्नेमा जोड दिए । सरकारका कामकारबाहीमा कमीकमजोरी रहेको स्वीकार्दे उनले सरकारको आलोचना गर्नमा हतार नगर्ने मिडियाकर्मीसँग आग्रह गर्नुभयो । 'यसअघि नभएको तीन तहको सरकार अहिले छ । कमसेकम धैर्यता गरेर हेर्नुहोस्' मन्त्री बाँस्कोटाले भने, 'तर प्रेस पछि लाग्नु पर्छ । सरकारले अपवाहको प्रतिरोध गर्छ ।'


निर्वाचन भएको तीन महिनापछि मात्रै सरकार गठन भएको र यो सरकारको काउनडाउन नीति, कार्यक्रम र बजेट लागू हुने साउन १ देखि हुने उनको भनाइ थियो । उनले लोकप्रियता कमाउन सरकारलाई हतार नरहेको भन्दै राज्यको ढुकुटी भर्न दिन आग्रह गरे ।






प्रकाशित : श्रावण ३, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?